राष्ट्रपति भण्डारीको कार्यकाल सफल रह्यो : सिके राउत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताउनुभएको छ ।

आइतबार दुई कार्यकाल सकिएपछि सामाजिक सञ्जालमार्फत नेता राउतले राष्ट्रपति भण्डारीको प्रशंसा गर्नुभएको हो ।

अध्यक्ष राउतले राष्ट्रपतिको स्थान आफैँमा प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै एउटा गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति त्यसमा पनि अझ एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैँमा सबै नेपालीको लागि प्रेरणा भएको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?