इसेवाको ‘मेरो यात्राको साथी’ अफर

Read Time = 2 mins

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले चाडपर्वलाई लक्षित गर्दै मेरो यात्राको साथी नामक अफर ल्याएको छ । अफरअन्तर्गत यात्रुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन् ।

अफरमा हवाई टिकेटिङ, बस टिकेटिङ, होटल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाई टिकेटिङमा आकर्षक अफर रहेका छन् । साथै सेवा प्रयोग गर्ने एक भाग्यशालीले बम्पर उपहारमा नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

पहिलोपटक हवाई टिकट खरिदकर्ताका लागि थप तीन प्रतिशत अथवा तीन सय रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ भने तीनवटा टिकट खरिद गर्दा थप एक सय ५० प्राप्त गर्न सकिनेछ । इसेवामार्फत् भदौ १६ गतेदेखि एक महिनासम्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजेदेखि साढे एक बजेसम्म आधा घण्टाका लागि ५० प्रतिशत अथवा चार हजारसम्म छुट प्राप्त गर्न सकिने, भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले पाँच हजार बराबरको होटलमा बस्न पाउने, बस टिकट बुकिङमा हरेक दिन एकजनाले दुई सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेलगायत रहेका छन् । अफर असोज १६ गतेसम्म लागू हुने बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?