काठमाडौं । सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को दोस्रो शृंखलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाँले दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्ने जानकारी गराउनुभयो । आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिर्भस’मा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नुहुने जानकारी गराइयो ।
यस्तै, ‘मेरो डान्स युनिर्भस’ मा निर्णायकको रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शंकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के रहनुभएको छ । यस्तै, कार्यक्रम सञ्चालकको रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ हुनुहुन्छ । ‘मेरो भ्वाइस युनिर्भस’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिर्भस’ लाई मोसमी गुरुङले निर्देशन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिशन आउँदो वर्ष सन् २०२५ को जनवरी २५ बाट सुरु हुनेछ । अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो, फेब्रुअरी १५ र १६ बेलायतको लण्डन, पोर्चुगलको लिस्बन, हङ्कङ र जापानको टोकियोमा अडिशन हुनेछ । फेब्रुवरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अष्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरमा अडिशन हुँदैछ ।
यस्तै, मार्च १ र २ मा भारतको मुम्बई नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुरी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौंमा अडिशन हुँदैछ । निर्णायक मध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिने काम गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच