काठमाडौं । फरवार्ड माइक्रो फाइनान्स लघुवित्तले सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर तथा कर समायोजन प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार सम्पन्न संस्थाको १२ औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त निर्णय अनुमोदन गरेको हो । बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पँुजी एक अर्ब १९ करोड ५९ लाख ५२ हजार आठ सय ७९ पुग्ने छ ।
साधारणसभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितितर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको हो । साधारणसभा उद्घाटन गर्दै संघीय सांसद भगवती चौधरीले वर्तमान विश्व आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यलाई वित्तीय सेवा पुर्याउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँघरमा छरिएर रहेका गरिब विपन्न नागरिकको बचत एकीकृत गर्दै वाणिज्य बैंकहरूबाट कर्जा लिएर लघुवित्तले कर्जा प्रवाह गरेका हुन्छन् । समुदायकै पुँजी भएकाले कसैले ऋण मिनाहा हुन्छ भन्दैमा ऋण मिनाहा हुँदैन ।’
गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रो फाइनान्स लघुवित्तका पूर्वप्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले लघुवित्तले विपन्न सदस्यको जीवनस्तर उकास्न र युवा रोजगारीमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । संस्थाले २०८१ असारसम्म ४० जिल्लाका तीन सय ८२ स्थानीय तहअन्तर्गत एक सय ५९ शाखामार्फत दुई लाख ८४ हजार नौ सय ६५ सदस्यलाई वित्तीय सेवा प्रदान गरेको छ । सो अवधिमा २० अर्ब ९० करोड ९२ लाख ५५ हजार कर्जा प्रवाह गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच