काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहनुभएका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
शपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीका रूपमा स्थापना गरेको आइएमई नै सरकार र राष्ट्र बैंकको नीति, निर्देशनअनुसार काम गर्दै जाँदा ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गर्दै ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंकमात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको बताउनुभयो ।
शपथपछि ढकालले नवनिर्वाचित सञ्चालकहरूलाई सोही शपथ गराउनुभएको थियो । साधारणसभाबाट संस्थापक सेयरधनीमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनीबाट कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच