सभागृह मोडमा सेनाको ट्रकले ठक्कर दिएकी महिलाको ट्रमा सेन्टरमा मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको  ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो।

बिहीबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र।–३–०१–००१ग ३७०५ नम्बरको ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो।

सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र –०२ –०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति ट्रकले ठक्कर दिएको थियो भने उनको मृत्यु पनि बिहीबार राति नै उपचारका क्रममा भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?