शिवम् सिमेन्टको अध्यक्षमा गोयल

Read Time = 1 min

काठमाडौं । शिवम् सिमेन्ट्सको सातौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ । साथै आगामी चारवर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा पाँचजना सञ्चालक निर्वाचित गरेको छ ।

नवनिर्वाचित सञ्चालकको बैठकबाट सञ्चालक गौरव गोयललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । साथै सोही सभाबाट सञ्चालक समितिले नियुक्तिका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरेबमोजिम पूर्वसचिवसमेत रहनुभएका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालकमा नियुक्तिको अनुमोदनसमेत गरी छ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?