ऊर्जामन्त्री भुसालद्वारा भिजन पेपर सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले आफ्नो कार्यकालमा ऊर्जा क्षेत्रका साथै अन्य क्षेत्रमा पनि महत्वपूर्ण काम भएको दाबी गर्नुभएको छ । बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आगामी भिजन पेपर प्रस्तुत गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
मन्त्री भुसालले ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुनामा निर्माण गरिने फ्लाइओभरको अध्ययन सम्पन्न भएको, बागमती, नख्खु र कर्मनासा कोरिडोर निर्माणकार्य सुरु भएको, पार्क तथा सार्वजनिक भवन निर्माण, राजकुलो पुनर्निर्माण तथा संरक्षण, बालकुमारी-ओखातबस्ती जोड्ने पुल, कार्यविनायक-मच्छिन्द्र बहाल जोड्ने सांस्कृतिक पुलको पुनर्निर्माण गरिएको बताउनुभयो ।

त्यस्तै, राष्ट्रियस्तरमा गत आवमा हालसम्मकै धेरै सात सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सफल भएको, २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क गरिएको, बुढीगण्डकी जलविद्युत् आयोजना (१२ सय मेगावाट) निर्माणका लागि कम्पनी स्थापना गरिएको, सिँचाइमा खपत हुने विद्युत् महसुलमा ७५ प्रतिशतसम्म छुट गरिएको, विद्युतीय सवारीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन निर्माण, विद्युतीय सवारीसाधन चार्जका लागि घरमै उच्च क्षमताको चार्जर राख्न सकिने व्यवस्था, सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङमार्ग खन्ने कार्य सुरु, जलविद्युत् प्रयोगबाट नेपालमै हरित हाइड्रोजन र रासायनिक मल उत्पादनका लागि पूर्व सम्भाव्यता अध्ययन गरी काम अघि बढाइएको बताउनुभयो ।

त्यस्तै, पहिलोपटक नेपालको विद्युत् अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सुरु गरेर अन्तर्राष्ट्रिय व्यापार सन्तुलनमा उच्च योगदान पुगेको, देशका ९५ प्रतिशत जनतामा विद्युत् सेवा विस्तार भएको, ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ भन्ने अभियानबाट विद्युत् खपतमा गुणात्मक वृद्धि भएको, पहिले विद्युत् उज्यालोका लागि, अबको विद्युत् उज्ज्वल भविष्यका लागि लागि भन्ने अभियान सञ्चालन गरिएको, विद्युत् वितरण विनियम परिवर्तन गरी विद्युत् खपत र ग्राहकमैत्री बनाइएको, अपार्टमेन्टमा बस्नेले पनि छुट्टै मिटर जोड्न सक्ने व्यवस्था, एक हजार ६१ मेगावाटको अपर अरुणमा स्वदेशी लगानी सुनिश्चित गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?