उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

फाइल तस्बिर

Read Time = 2 mins

सोल । उत्तर कोरियाले बुधबार फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो । परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधबार एक विज्ञप्ति निकालेर बताएका छन् ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ । यो संयुक्त सैन्य अभ्यास बिहीबारसम्म जारी रहनेछ ।

पछिल्लो समयमा वासिंटन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमित रूपमा प्रतिबन्धित हतियार परीक्षणको शृंखलालाई जारी राखेको छ । यसैबीच, दक्षिण कोरियाले पूर्वनिर्धारित योजनानुसार संयुक्त सैन्य अभ्यासलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?