मानेलाई अफ्रिकन वर्ष खेलाडी अवार्ड

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । सेनेगलका फरवार्ड साडियो मानेले अफ्रिकन फुटबलर अफ दि इअरको अवार्ड जित्नुभएको छ । चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डी र लिभरपुलका पूर्वसहयात्री इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उहाँले यो अवार्ड जित्नुभएको हो ।

कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले आयोजना गरेको अवार्ड समारोहमा मानेले दोस्रो पटक यो अवार्ड जित्नुभएको हो । अफ्रिका कप अफ नेसन्सको फाइनलमा मानेले इजिप्टविरुद्ध विजयी पेनाल्टी गोल गर्नुभएको थियो । सोही विजयी गोल मद्दतमा सेनेगलले पहिलोपटक उपाधि जितेको हो ।

‘यस वर्ष ट्रफी पाउँदा म धेरै खुसी छु,’ ३० वर्षीय मानेले अवार्ड जितेपछि भन्नुभयो, ‘म सेनेगलका जनतालाई धन्यवाद दिन्छु र यो ट्रफी मेरो देशका युवाहरूलाई समर्पण गर्दछु ।’

मानेसँगै सेनेगलका प्रशिक्षक अलिउ सिसेले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्नुभयो । सेनेगल वर्षको उत्कृष्ट टोली घोषणा भयो । सेनेगलकै पापे सार वर्षको युवा खेलाडी घोषित हुनुभयो । पापे उस्माने साखोले तान्जानियाविरुद्ध गरेको ओभरहेड किक गोल उत्कृष्ट गोल भएपछि अवार्ड जित्नुभयो ।

कोरोना भाइरस महामारीको तीन वर्षपछि यो अवार्ड आयोजना हुँदा महिलातर्फ नाइजेरियाकी एसिसात ओशोलाले लगातार दोस्रो वर्ष यो अवार्ड जित्न सफल हुुनुभएको हो । त्यसबाहेक वर्ष उत्कृष्ट प्रशिक्षक (महिला), डेसेरी एलिस (दक्षिण अफ्रिका), वर्ष युवा खेलाडी (महिला) एभलिन बाडु (घाना) ले जित्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?