पूर्व सहमतिअनुसार नै एमालेकाे राष्ट्रपति : प्रदीप ज्ञवाली

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति एमालेकै बन्ने बताउनुुभएको छ ।

प्रेस चौतारी नेपाल पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले सात राजनीतिक दलबिच भएको सहमतिकै आधारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई नै साझा उम्मेदवार बनाउने गरी अगाडि बढेकाले राष्ट्रपति एमालेकै बन्ने बताउनुुभएको हो ।

नेता ज्ञवालीले माओवादीकै प्रस्तावमा सरकार गठन भएकाले माओवादीकै प्रस्तावमा एमालेलाई राष्ट्रपति दिने सहमती भएको भन्दै एमाले बाहेक अन्य राष्ट्रपतिको उम्मेदवार नहुुने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुु भयो ‘ पहिले नै माओवादीसँग भएको सहमतिमा अहिले अन्य पक्षको विषयमा चर्चा गर्नु मनको लडड् घिउ सित खाने जस्तै हो ।’ नेता ज्ञवालीले अहिलेको यो गठबन्धनलाई कमजोर गराउने कुनै पनि प्रयास सफल नहुने दाबी गर्नुभयो ।

सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने दाबी गर्दै उहाँले भन्नुुभयो, ‘सत्तालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा नै कांग्रेसले सबै पद गुमाएको हो । अझै पनि धमिलो पानीमा माछा मार्ने दाउमा लागेको छ । त्यसैले राष्ट्रपतिको दाउ ताकेको हुन सक्छ ।’ सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति पद नपाउने दाबी उहाँको छ ।

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा गरेको हुनसक्ने बताउँदै उहाँले भन्नुुभयो, ‘कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन । पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्नेमा कुनै शंका छैन ।’ सत्तागठबन्धका दलप्रति एमाले सशंकित नरहेको उहाँले बताउनुुभयो ।

एमाले उपमहासचिव ज्ञवालीले तत्काल कँग्रेससँग सत्ता सहकार्य हुने संभावना नरहेको समेत बताउनुुभयो । एमाले उपमहासचिव ज्ञवालीले संघ र प्रदेशको निर्वाचन सकिएपछी काँग्रेससँग एजेण्डागत रुपमा छलफल गरी मुलुकलाई स्थायी सरकार निर्माणको लागि प्रस्ताव अस्विकार्य गरेको कारण तत्काल एमाले र काँग्रेस बिच सत्ता सहकार्य संभावना नरहेको धारणा व्यक्त गर्नुभयो ।

मुलुकमा २००७ सालदेखी हालसम्म अस्थिर राजनीतिको कारण मुलुकमा राष्ट्रियता कामजोर भएको, विदेशी शक्तीहरुको चलखेल बढेको, संस्थागत विकास हुन नसकेको, परराष्ट्र नीतिमा एकरुपता हुन नसकेको, दलिय एकता कायम हुन नदिएको नेता ज्ञवालीको आरोप छ । २०७२ सालको नयाँ संविधानपछी पनि राजनीतिक दलहरु सत्ता लिप्साकै कारण मुलुकमा स्थायीत्व हुन नसकेको उहाँले बताउनुुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?