काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एकदिने निःशुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ । पुस ६ गते मनिग्राम विश्राम वाटिका होटल, बुटवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
घर निर्माणमात्र नभई समस्यारहित दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्नेबारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । परामर्शका लागि स्किल सेवाको मुख्य कार्यालयबाट संस्थापन समूह नै बुटवल पुग्ने छ । बुटवलमा बनेका प्रायः नयाँ घरहरूमा नै सिपेज, लिकेज र क्र्याकलगायतका समस्या बढी देखिएकाले बुटवलमा कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीका बुटवल शाखा प्रबन्धक दीक्षित केसीले बताउनुभयो । उहाँका अनुसार जीवनभरको मिहिनेतको कमाइले घर निर्माण गरिने र घर निर्माण भएको पाँच महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कने, पेन्ट उप्कने जस्ता विविध समस्या देखिने गरेका छन् ।
यस्ता विषयवस्तुबारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिन घरको डाक्टर उपनामले परिचित कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो । जग्गा छनोट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तर जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनुपर्ने कम्पनीको सुझाव छ ।
विगत सात वर्षदेखि घरका विभिन्न समस्याको चेकजाँच र वारेन्टीसहित समाधान दिँदै आएको कम्पनीले समस्यारहित घर निर्माणका लागिा निःशुल्क परामर्श दिने गरेको छ । कम्पनीले ४० हजारभन्दा बढी घरको चेकजाँच गरिसकेको समेत संस्थापक महेश तिमल्सिनाले बताउनुभएको छ । कार्यक्रमको लाभ भने सुरुमा बुक गर्ने २५ जनाले मात्रै पाउने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच