दाङ जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित

Read Time = 4 mins

-विवेक खड्का
दाङ । दाङ जिल्ला समन्वय समितिको जेठ २९ गते हुन गइरहेको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएको छ ।

नेकपा एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन । नेकपा एमालेले उम्मेदवारी दर्ता नगराए पछी गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी नै छ ।

समितिमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका थिए । समितिको प्रमुखमा नेपाली काङ्ग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको थियो । शर्मा समन्वय समिति प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उप प्रमुखमा नेपाली काङ्ग्रेसका तर्फबाट चेतना चौधरीको उम्मेदवारी रहेको थियो । चौधरी उप प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको हो । चौधरी स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित हुनुभएको हो ।

त्यस्तै सदस्यमा नेपाली काङ्ग्रेसबाट तर्फबाट कुलबहादुर बुढा (खुला सदस्य ), हरिदेवी पोख्रेल (महिला सदस्य ), सरस्वती नेपाली ( दलित महिला सदस्य ), जुनकुमारी बुढा (महिला सदस्य ) र कल्पना शेर्पाइली (महिला सदस्य ) रहेका थिए । सबै उम्मेदवार सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो । खुला सदस्य बुढाले स्थानीय तहको निर्वाचनमा लमही नगरपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित हुनुभएको हो । महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं. ९ बाट, दलित महिला सदस्य नेपाली तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ , महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं. १४ र महिला सदस्य शेर्पाइली घोराही उपमहानगरपालिका वडा नं. १३ बाट सदस्यमा निर्वाचित हुनुभएको हो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य ) र द्रुपति चौधरी ( खुला सदस्य) ले उम्मेदवारी दर्ता गराउनु भएको हो । दुबै उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको हो । चौधरीले स्थानीय तहको निर्वाचनमा दङ्गीशरण गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित हुनुभएको हो । द्रुपति चौधरी स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित हुनुभएको हो ।

यस्तो भयो समन्वय समित

नित्यानन्द शर्मा –प्रमुख
चेतना चौधरी – उप प्रमुख
हरिदेवी पोख्रेल –महिला सदस्य
जुनकुमारी बुढा –महिला सदस्य
कल्पना शेर्पाइली –महिला सदस्य
सरस्वती नेपाली – दलित महिला सदस्य
कुलबहादुर बुढा – खुला सदस्य
टोपाराम चौधरी – खुला सदस्य
द्रुपती चौधरी – खुला सदस्य

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?