
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो संस्करणका लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट सम्पन्न गरिएको छ । ड्राफ्टबाट ६ टिमका ८४ खेलाडी छनोट भएका छन् । एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।
विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमाडौंले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । बुटवलको हिमालयन रेइडर्सले दुईजना प्रशिक्षक राखेको छ । जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार हुनुहुन्छ ।
१९औँ एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक प्राप्त गर्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने सम्भवतः पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाउनुभएको छ भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुनुहुन्छ ।
प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमाडौंमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार पर्नुभएको छ । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुनुहुन्छ ।
प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरिएको छ । ड्राफ्टमा ९२ जना नेपाली र २५ विदेशी गरी कुल ११७ खेलाडी रहेका थिए । विदेशी खेलाडीमा थाइल्याण्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए ।
प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले दुईदेखि चारजनासम्म विदेशी खेलाडी लिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच