मुगु । चिसोले कष्टकर दिन कटाइ रहेका मुगुका दलित बस्तीका नागरिक र विद्यार्थीहरुलाई चिसो छल्न न्यानो कपडा वितरण गरिएको छ ।
काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटारका समाजसेवि शिव कुमार पन्तको सहयोगमा र मुगु जिल्लामा कृयाशिल संचारकर्मी नन्द बहादुर रोकायाको समन्वयमा मुगुम कार्मारोङ्घ गाउँपालिकाका-९ नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायल र छायानाथ रारा नगरपालिका-१३ लापु गाउँका दलित समुदाय संगै उक्त गाउँमा रहेको नमुना आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्रीहरु सहयोग गरिएको हो ।
फजुल खर्चको बचतले मुगु जिल्लाको एक दलित बस्ती र दुई विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । फजुल खर्च नगरी त्यो पैसा वचत गरेर समाजसेवि शिव कुमार पन्तले मंगलबार मुगुम कार्मारोङ्घ गाउँपालिकाका-९ नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलमा पुगी १ सय २८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण संगै छायानाथ रारा नगरपालिका-१३ लापु दलित बस्ती र लापु मै रहेको नमुना आधारभुत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गर्नु भएको हो ।
काठमाडौं नागार्जुन बस्दै आएका शिव कुमार पन्तका अनुसार लापु गाउँ दलित बस्तीको पीडादायक अवस्था र चिसोबाट मुगुका विद्यार्थीमा पठनपाठनमा समस्या भएको विषय विभिन्न सञ्चारमाध्यमा आए पछि आफ्नो ध्यान आकर्षण भएको र आफुलगायत वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा विपन्न, दलित समुदाय र उनिहरुका विद्यालय जाने बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ ।
स्व. हजुरबुबा पहलमान पन्तको सम्झना तथा आशीर्वादले विकट दलित बस्ती तथा विद्यालयहरुमा सहयोग गर्न पाउँदा खुसी लागेकाे पन्तले बताउनु भयाे । विगतका धेरै वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको उहाँकाे भनाई छ । यस अघिपनि मुगुको लापु बस्तीमा सहयोग गरेको बताउदै पटक पत्रकार नन्द बहादुर रोकायाको समन्वयमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलमा १ सय २८ जना विद्यार्थी र नमुना आधारभुत विद्यालय लापुमा ३० जना विद्यार्थी र लापु गाउँमा ३० घरधरीलाई कम्बल वितरण गरी सहयोग गरेको समाजसेवी पन्तले बताउनु भयो । उहाँले मुगु जिल्लासहित देशभर रहेका अझै विकट बस्ती र विपन्न समुदायसम्म पुगेर उनिहरुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा कपडा किन्न नसक्ने लापु गाउँबासी न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् । मनकारी भावना बोकेका शिवप्रसाद पन्तलगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेको स्थानीय गोरा विकले बताउनु भयो ।
नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलका प्रधानध्यापक बिकास भामकाअनुसार जाडो मौसममा बिहान घाम ढिलो लाग्ने र छिटो जाने गरेका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको थियो । न्यानो कपडा प्राप्त संगै चिसो छल्न सहज हुने उहाँ बताउनु हुन्छ ।
उहाँले आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरु चिसो मौसममा न्यानो कपडा नहुँदा समस्या भएकाे भन्दै चिसो कै कारण विद्यालयमा विद्यार्थी उपस्थिती दर कम हुँदै जाने गरेकाेमा अब त्यो पनि हट्ने आशा ब्यक्त गर्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच