ग्रीस्मा जोशी लोहनी बेलायतमा काउन्सिलर पदमा मनोनित

हिमालय टाइम्स
Read Time = 1 min

लण्डन । ग्रीस्मा जोशी लोहनी बेलायतमा काउन्सिलर पदमा मनोनित हुनुभएको छ । साउथ वेस्टन विनचेस्टर काउन्सिलमा लोहनी काउन्सिलर पदमा मनोनित हुनुभएको हो ।

यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनित हुने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ । काठमाडौं जन्मघर हुनुभएकी लोहनी हाइवे तथा रोड डिजाइन, ट्राफिक व्यवस्थापनमा दखल राख्ने इन्जिनियरसमेत हुनुहुन्छ ।

काउन्सिलभित्र प्राविधिकको रूपमा राम्रो नतिजा निकाल्न सकेको भन्दै साउथ वेस्टन विनचेस्टर लोहनीलाई सो जिम्मेवारी दिएको हो । उहाँका श्रीमान् सुमिन लोहनी हस्पिटालिटी व्यवसायमा आबद्ध हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?