काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भारत मोबिलिटीका सन्दर्भमा नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको उपस्थितिमा नाडा केन्द्रीय कार्यसमिति तथा सदस्यबीच काठमाडौंमा अन्तरक्रिया आयोजना गरेको छ ।
सो अवसरमा इञ्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल अफ इण्डियातर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफेक्चर्स (सियाम)तर्फबाट देवासिस मजुमदर तथा नाडा अध्यक्ष करण चौधरीबीच रोड्स शो अन भारत मोबिलिटी ग्लोबल एक्स्पो सम्बन्धमा विस्तृत अन्तरक्रिया भएको नाडाले जनाएको छ । नाडा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल क्षेत्रका विविध पक्षमा चर्चा गर्दै नेपालको अटोमोबाइल क्षेत्रको प्रवद्र्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफेक्चर्स (सियाम) को पहलमा भारतको नयाँदिल्लीको भारतमण्डपम, यसोभूमि द्वारिका र ग्रेटर नोइदामा भारत मोबिलिटीअन्तर्गत अटो एक्स्पो-दि मोटर शो २०२५ हुन लागेको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नाडातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमितिका सदस्यद्वय कपिल शिवाकाटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दिपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, निलमणि पाठक, अभिक ज्योति, दिपकराज गिरी, नवीनकुमार पारख र नारायणप्रसाद पौडेलको सहभागिता थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच