काठमाडौं । दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । दुबईमा रहेका नेपालीहरूले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५ हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिन्छ । सम्झौताले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास पनि कम्पनीले लिएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १८ वर्षदेखि विप्रेषण सेवा प्रदान गर्दै आएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटीपे वालेटमार्फत् अनलाइन भुक्तानी सेवा पनि सुचारु गरेको थियो । सिटी पेबाट रेमिट्यान्स पनि भुक्तानी गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच