हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
प्रदेश युवा परिषद्ले हेटौंडामा आयोजना गरेको ‘राष्ट्रिय युवा कविता उत्सव २०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
‘म खेलकुद क्षेत्रबाट आएको मान्छे, युवाहरुको भावना र मर्म बुझ्छु । विषयगत ज्ञान पनि मसँग छ । तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो जुन पर्याप्त छैन । जसले गर्दा हामीले युवाहरुको क्षेत्रमा उल्लेख्य काम गर्न सकिरहेका छैनौँ । फलस्वरुप युवाहरुलाई स्वदेशमा टिकाउनै मुस्किल छ ।’ उहाँले भन्नुभयो ।
परम्परागत पेसा र व्यवसायको जगेर्ना गर्दै व्यवसायीकरणमा युवालाई सहयोग गर्न सके युवाहरु उत्प्रेरित हुने भन्दै उहाँले आफ्नो कार्यकालमा युवामैत्री उद्यमशीलतासम्बन्धी परामर्श सेवा प्रदान गर्ने, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सीप, प्रविधि, पूँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्न पहल गर्ने बताउनुभयो ।
त्यस्तै प्रदेश सचिव बद्रीनाथ गैह्रे र परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवाहरुलाई नेतृत्व, व्यक्तित्व विकाससँगै रचनात्मक, सिपमुलक तालिमसँग जोड्न सहयोग समन्वय गरिने बताउनुभयो ।
साहित्य संगम मकवानपुरले समन्वय गरेको कविता उत्सवमा साहित्यकार मोमिला जोशीले १० वटा कविता प्रस्तुत गर्नुभएको थियो। त्यस्तै सोही अवसरमा खुला कविता प्रतियोगिता आयोजना गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच