भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शनिवारबाट डवली मेला सुरु भएको छ । ऐतिहासिकरुपमा धैरै बर्ष पहिलाबाट लाग्दै आएको मेला भोजपुरको ऐतिहासिक हो ।
सामाजिक बिकास संस्थाको आयोजनामा सुरु मेला एक महिनासम्म संचालन हुनेछ । मेलामा मनोरञ्जनका खेलहरुका साथै स्थानीय उत्पादनका सामाग्रीको स्टल राखिएको छ । स्थानीय स्तरका कलाकारहरुको बैजोड सांगीतिक प्रस्तुति समेत रहने आयोजक संस्थाका सदस्य देउप्रकाश राईले बताउनुभयो ।
भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले ऐतिहासिक डवली मेलाको उद्घाटन गरेसँगै मेला सुरु भएको हो । आन्तरिक तथा बाह्रय पर्यटन प्रवर्धनका साथै आर्थिक कारोवारमा समेत मेलाले भूमिका निर्वाह गर्ने आयोजक पक्षको दावी छ । मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगितासमेत संचालन गरिने छ ।
मेलाको अवसरमा शनिवार किरात राई यायोक्खा जिल्ला कार्य समितिको आयोजनामा उद्यौली पर्व अन्तर्गत साकेला नाच समेत प्रर्दशन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच