काठमाडाैं । जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
फाइनलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो टोलीका स्पिनर ललितले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको बताएका छन् । उनले कहिले कहीँ रनमा मात्र ध्यान हुने भए उल्लेख गर्दै ललितको प्रदर्शन नै खेलको महत्वपूर्ण पक्ष रहेका बताए । ललितले ब्याटिङ पिचमा पनि राम्रो बलिङ गरेको प्रशिक्षक पुबुदुको भनाइ छ । आफू जनकपुरको प्रशिक्षक भएर मात्र ललितलाई समर्थन नगरेको र उनी नै प्रतियोगिताको प्रमुख खेलाडी रहेको उनी बताउँछन् ।
यद्यपि उनले दीपेन्द्र सिंह ऐरीले पनि राम्रो खेलेको बताए । उनले पावर प्लेमा आसिफ शेख र लाहिरु मिलन्थाले खेलको माहोललाई परिवर्तन गराएको प्रतिक्रिया दिए । उनले यस एनपिएलमा नेपालका सिनियर र युवा खेलाडीले राम्रो प्रदर्शन गरेको छ । यो नै सुखद पक्ष रहेको उनी बताउँछन् । स्टार खेलाडीसँग एउटै ड्रेसिङ रुम सेयर गर्न पाउँदा उनीहरूमा थप आत्मविश्वास बढ्ने उनको बुझाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच