कोलम्बो । श्रीलंकाको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा पाँच दशमलव पाँच प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ । राष्ट्र बैंकका अनुसार कृषि गतिविधि तीन प्रतिशत, उद्योग १० दशमलव आठ प्रतिशत र सेवा गतिविधि दुई दशमलव ६ प्रतिशतले बढेको छ । अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भए तापनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ ।
रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैंकले जनाएको छ । सन् २०२४ को पहिलो दश महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैंकले जनाएको छ । गतवर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रीलंकाली रुपैयाँ १० दशमलव ७ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच