गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा भएको एक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यले व्यवसायीहरुका लागि स्पष्ट नीति ल्याउनुपर्ने बताएका छन् । गुल्मी सुनचाँदी व्यवसायी संघको आठौं वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनको उद्घाटन शत्रमा बोल्ने अधिकांश वक्ताहरुले यस्तो बताएका हुन् ।
बोल्ने अधिकांश वक्ताहरुले राज्यले व्यवसायीहरुका लागि स्पष्ट नीति ल्याउन नसक्दा व्यवसायीहरु मारमा परेको बताएका छन् । स्पष्ट नीति नहुँदा व्यवसायीहरुले रोजगारीका अवसर समेत सिर्जजा गर्न नसकेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले बताउनुभयो । राज्यको स्पष्ट नीति नहुँदा व्यवसाय छाडेर व्यवसायीहरु विदेश पलायन हुन थालेको गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डे बताउनुभयो ।
व्यवसायीहरु उत्पादनकर्ता र लगानीकर्ता दुवै भएको हुँदा देशमा राजनैतिक रुपमा व्यवस्था परिवर्तन भएपनि आर्थिक क्रान्ति हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य तारा बहादुर सुनारले बताउनुभयो । राज्यका नीति व्यवसायीमैत्री नभएको भन्दै उहाँले देशको अर्थतन्त्रमा सुनचाँदी व्यवसायीहरुको ठुलो योगदान र हिस्सा रहेको दाबी गर्नुभयो । सुनचाँदी व्यवसायीहरु कृष्ण सुनार र नारायण सुनारले सुनचाँदीको छिटो–छिटो मुल्य परिवर्तन हुँदा व्यवसायी र उपभोक्ता दुवै मर्कामा परेको बताउनुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कानुनको परिधिमा रहेर व्यवसाय सञ्चालनसँगै शुद्धता र गुणस्तरमा विशेष ख्याल गर्न जरुरी रहेको बताउनुभयो । व्यवसायीहरुको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गरिने भन्दै उहाँले प्रशासनले सुरक्षामा विशेष ध्यान दिएको बताउनुभयो । नाप तौल, गुणस्तर र शुद्धतामा ख्याल गर्न सुनचाँदी व्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी गौतमले आग्रह गर्नुभयो ।
त्यस्तै, सुनचाँदी व्यवसायीहरुलाई व्यवसायिक हकहितका लागि एकताबद्ध हुन लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले आग्रह गर्नुभयो । व्यवसायीको हकहितका लागि संस्थागत रुपमा एकताबद्ध हुँदा राज्यले सम्बोधन गर्न सहज हुने भन्दै उहाँले ग्राहकमा विश्वास र इमानदारीता बनाइ राखे दीगो रुपमा व्यवसाय चल्ने बताउनुभयो । व्यवसायीहरुको राज्यले संरक्षण गर्नुपर्ने भन्दै सरकार जनताप्रति बफदार बन्नुपर्ने साँसद भुसालले जोड दिनुभयो ।
गुल्मी सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामु सुनारले व्यवसायिक हकहितसँगै सामाजिक कार्यमा आफुहरु निकै सक्रिय भएको बताउनुभयो । उहाँले जिल्लामा बाढी, पहिरो, आगलागी जस्ता दैविक प्रकोप तथा विभिन्न विपद्हरुमा सहयोग गर्दै आएको बताउनुभयो । त्यस अवसरमा संस्थालाई योगदान पुर्यानुभएका सुनचाँदी व्यवसायीहरुसहित जिल्लामा क्रियाशील पत्रकार प्रेम बहादुर सुनार, रमेश विश्वकर्मा, मनु सुनार र सूर्य सुनारलाई सम्मान समेत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच