काठमाडौं । खुमल नेवाः गुथिको चौधौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । १४औँ वार्षिक साधारण सभा पुस ६ गते शनिबार खुमलहाईट, सातादोबाटो, ललितपरमा सम्पन्न भएको हो ।
गुथिका अध्यक्ष, हस्तकला उद्यमी, व्यवसायी महेश्वर सिन्या श्रेष्ठको अध्यक्षतामा भएको सभामा अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । जेष्ठ सदस्य डा. ओम मल्लको प्रमुद आतिथ्यमा भएको उक्त सभामा गुथिका सदस्यहरुले समेत आआफ्नाे मन्तव्य राख्नु भएको थियो ।
खुमल नेवाः गुथिको भातृ संगठनको रुपमा एक ल्यायम्ह पुचःको समेत गठन भएको छ । स्वदेश तथा विदेशमा रहेका खुमल नेवाः गुथिका सदस्यहरुका युवा परिवारजनहरु सो पुचःको सदस्य भएका छन् ।
खुमल नेवाः गुथि, एक गैह्र नाफामुलक, सामाजिक, धार्मिक, सांस्कृतिक सदभाव र एकताको उद्देश्य सहित खुमलहाईट क्षेत्रका नेवाः जातिहरुले स्थापना गरेको संस्था हो । गुथिले प्रत्येक वर्ष न्हू दँ या भिंतुना कार्यक्रमका साथ स्थास्थ्य शिविर संचालन, सांस्कृतिक कार्यक्रमहरु समेत नियमित रुपमा गर्ने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच