प्रथम ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ गर्दै विकास बोर्ड

Read Time = 1 min

काठमाडौं । चलचित्र विकास बोर्डले प्रथम ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । बोर्डले आगामी असार १,२ र ३ गते दाङ जिल्लामा महोत्सवको आयोजनागर्न लागेको हो । महोत्सवको संयोजकमा बोर्ड प्रवक्ता के.एल.बुढाथोकीलाई तोकिएको छ । उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनी हुने जनाइएको छ ।
साथै, चलचित्र ज्ञानसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ । महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्टको आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्य दृश्य सामग्रीसमेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?