साःख ग्रुपद्वारा कम्पोष्ट मल उत्पादन सुरु

Read Time = 3 mins

काठमाडौं । साःख ग्रुपले कम्पोष्ट मलको व्यावसायिक उत्पादन सुरु गरेको छ । साःख ग्रुपले कृषि क्षेत्रमा क्लाइमेट कन्ट्रोल प्रविधिबाट विभिन्न किसिमको च्याउको उत्पादनपछि जापानी प्रविधिबाट उत्पादित कम्पोष्ट मल उत्पादन पनि सुरु गरेको हो । मंगलबार पत्रकार सम्मेलनमार्फत् साःख ग्रुपअन्तर्गत रहेको दुधौली नगरपालिकास्थित रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले रिकिशि कम्पोष्ट प्रालिको सहकार्यमा रिकिशि ब्राण्ड कम्पोष्ट मल (दुर्गन्धरहित) बजारमा ल्याएको हो ।

रासायनिक मलका कारण माटोको उर्वराशक्ति ह्रास भइरहेको अवस्थामा माटोको उर्वराशक्ति जोगाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न तथा नेपालीको स्वास्थ्यमा पनि सुधार गर्न कम्पोष्ट मल उपयुक्त हुने साःख ग्रुपका निर्देशक किरण प्रकाश साःखले दाबी गर्नुभएको छ ।

जापानी प्रविधि भए पनि नेपालकै स्रोत साधनको उपयोग गरेर मल तयार गरिएको र मलखाद बनाउन नगरपालिकाहरूसँगको सहकार्यमा फालिएका कुहिने फोहोरसमेतको प्रयोग गरिने उहाँले बताउनुभयो । जापानको प्रविधिलाई जापानिज प्रविधिको प्रत्यक्ष रेखदेखमा पाँच वर्षदेखि नेपालमा अध्ययन अनुसन्धानपछि मात्र मल बजारमा ल्याएकाले रिकिशी प्रयोगले रासायनिक मलबाट प्राप्त हुने उत्पादनसरह नै उत्पादन दिने कम्पनीको दाबी छ ।

कम्पोष्ट मल एक प्राकृतिक र जैविक मल हो, जुन पातहरू, घरायसी फोहोर, रातो माटो, भुस, ढुटोजस्ता जैविक सामग्रीबाट बनाइन्छ । यस प्रकारको मल रासायनिक मलभन्दा बढी दिगोमात्र नभई माटोको उर्वराशक्ति सुधार गर्न पनि मद्दत गर्छ । कम्पोष्ट मल रासायनिक मलभन्दा धेरै सस्तो र किसानलाई सर्वसुलभ ढंगले उपलब्ध हुने भएकाले लागतको हिसाबले पनि आकर्षक विकल्प हुने बताइएको छ ।

कम्पनीले हाल भक्तपुर नगरपालिकासँग सहकार्य गरेर फोहोरबाट मल उत्पादन गर्दै आएको र माग बढेमा देशैभर उत्पादन गर्न सकिने जनाएको छ । रिकिशी दाइची कम्पोष्ट मलको मूल्य प्रतिकेजी ३५ रुपैयाँ रहेको छ तर सरकारले प्रतिकेजी २५ रुपैयाँ अनुदान दिएमा किसानलाई निःशुल्क मल उपलबध गराउने पनि कम्पनीले प्रतिबद्धता जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?