काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका डा बुद्धिमान श्रेष्ठ नियुक्त हुनुभएको छ ।
कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले आज उहाँलाई पार्टीको विधानबमोजिम नियुक्त गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
यसअघि २०८० वैशाखमा प्रतिष्ठानको कार्यकारी निर्देशक सुरेश आचार्य नियुक्त हुनु भएको थियो।
आचार्य सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त भएपछि प्रतिष्ठानको कार्यकारी निर्देशक पद रिक्त थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच