काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संख्या ठूलो हुने तर नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नबुझ्ने कुरा राम्रो नरहेको बताउनु भयो ।
उहाँले इतिहास स्थापना गरेको पार्टीका नेताहरुले क्रियाशिल सदस्यहरु हौँ भन्नेकुरा बिर्सिन नहुने बताउनु भयो । उहाँले आफूहरु राष्ट्र र समाजका सेवा गर्न राजनीतिमा लागेको बताउनु भयो । राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले सबै क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा इन्भल्व गराउन सक्नुपर्छ । संख्या चाहीँ ठूलो हुने तर संख्या ठूलो भएर पनि नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नै बुझाउन नसकेको हो की के हो ? त्यसमा कमी, कमजोरी भएको हो की ? अब त बुझाउनुपर्यो नि त । हामी लरोतरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो । जनताको म्याण्डेट पटकपटक लिइसकेको सदस्य हौँ भन्नेकुरा बिर्सिनु भएन । संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिनु भएन । राष्ट्र र समाजका सेवा गर्न हामी राजनीतिमा लागिरहेका छौँ । सेवाको भावको महत्व सबैभन्दा बढी हुनुपर्यो ।’
उपप्रधानमन्त्री सिंहले संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिन नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच