
कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा निःशुल्क क्षयरोग परिक्षण सेवा सुरु गरिएको छ ।
कर्णाली प्रदेश सरकार समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय, सेभ द चिल्ड्रेन, किड्स नेपालको सहयोग र खाँडाचक्र नगरपालिकास्थित आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा बुधवार एक कार्यक्रमकाबीच मान्मको पञ्चदेवल माविमा शिबिरको उद्घाटन गरि सेवा सुरु गरिएको हो ।
खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीको सभा अध्यक्षता, स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा भिष्म पोख्रेल, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका क्षयरोग तथा कुष्टरोग कार्यक्रमका सम्पर्क व्यक्ति पदम केसी जनस्वास्थ्य अधिकृत कटकबहादुर महत, क्षयरोग विशेषज्ञ चिकित्सक र नेपाल पत्रकार महासंघ कालीकोटका कोषाध्यक्ष विश्वनाथ सिम्खाडा लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।
सन् २०३५ सम्म क्षयरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य अनुसार देशैभरी क्षयरोगको परिक्षण सुरु गरिएको प्रदेश निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति पदम केसीले जानकारी दिनुभयो ।
अत्याधुनिक मेशिनद्धारा परिक्षण हुने भएकाले नगरपालिकाका नागरिकहरुले यो सेवा लिन आवश्यक रहेको केसीको भनाई थियो ।
साथै उहाँले परीक्षण गरसिकेपछी बिरामीको उपचार हुने भएकाले सवैले एकपटक क्षयरोग परीक्षण गर्नुपर्ने बताउनुभयो । क्षयरोगको परीक्षण अत्याधुनिक मेशिनबाट छातीको एक्सरे गरेर उतिबेलै थाहा हुने समेत जानकारी गराउनुभयो ।
यस्तै शिबिर उद्घाटन कार्यक्रममा खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले गर्नुभएको थियो ।
क्षयरोग परीक्षण बिहीबारबाट मात्र सुरु हुनेछ । बिहिवार दाँहा र शुक्रबार १२ गते पाखा स्वास्थ्य चौकीमा क्षयरोगको परीक्षण हुने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच