काठमाडौं । हिजोदेखि नेपालका अधिकांश ठाउँमा बदली भएर चिसो बढेको छ । मौसमविद्हरूका अनुसार देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । आज दिनभर उपत्यकामा धुम्म बादल लाग्याे ।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो ।
जाडोमा इन्फ्ल्युएन्जा र रुघाखोकी गराउने भाइरस र श्वासप्रश्वास समस्या निम्त्याउने आरएसबी भाइरसहरू सक्रिय हुने गर्दछन् ।
जाडो मौसममा बहने हावा सुक्खा हुने भएकाले हाम्रो श्वास नलीमा पनि चिटचिडाहट निम्त्याउने चिकित्सकहरू बताउँछन्। जसकारण खोकी जस्ता समस्या देखा पर्छन्।
जाडो महिनामा साधारणतया देखा पर्ने रुघा, खोकी र ज्वरोको समस्या साधारणतया केही दिनमा आफैँ ठीक भएर जाने किसिमका हुने चिकित्सकहरू बताउँछन्।
तीन-चार दिनसम्म पनि ज्वरो कम नभए चिकित्सकको परामर्श लिएर थप औषधी वा उपचार गर्नुपर्ने उनीहरुको सल्लाह छ ।
कतिपय मानिसहरूले भाइरल इन्फेक्सनमा पनि चिकित्सकको सल्लाह नलिइ एन्टिबायोटिक औषधी लिन नहुने उनीहरु बताउँछन् ।
मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय
यो समयमा मौसमी बिमारीहरू नियमित देखिने भएपनि यसपटक भने बिरामीको सङ्ख्या पहिलेभन्दा बढेको चिकित्सकहरुले बताएका छन् । यसपटक रूघाखोकी लगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने सङ्क्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल पुगेका छन् ।
चिकित्सकहरू हिँड्दा मास्क लगाएर हिँड्न र रुघाखोकीबाट हुने सङ्क्रमणबाट बच्न वर्षमा एकपटक खोप लगाउन सुझाव दिन्छन्।
यस्तै टाइफाइडबाट बच्न सफा खानेकुरा खाने र सरसफाइमा विशेष ध्यान दिनु जरुरी रहेको उनीहरुको मत रहेको पाइन्छ।
- पत्रपत्रिकाको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच