झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले खबरदारी सभा गरेको छ ।
जिल्लाको दक्षिणी गाउँपालिकाको झापा क्षेत्र न. ५ अन्तर्गत गौरीगञ्जचोकमा जारी खबरदारी सभालाई सम्बोधन गर्दै माओवादी नेताहरुले एमाले-कांग्रेसलाई आगामी दिनमा राम्रै धक्का दिनेसमेत उद्घोष गरेका छन् ।
खबरदारीसभा सँगै माओवादीले यसलाई पार्टी प्रवेशको कार्यक्रम पनि बनाएको छ । अहिले सो सभामा कांग्रेस, एमाले, राप्रपा, जनमत, मधेसी फोरम लगायतका दल परित्याग गरेर सयौं व्यक्ति माओवादीमा प्रवेश गरेका छन् ।
माओवादी पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङले पार्टी प्रवेश गर्नेको नामावली पढिरहनु भएको छ। नव प्रवेशीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रातो टीका लगाइदिनु भएको छ भने पार्टी उपमहासचिव हरिबोल गजुरेलले माला पहिर्याइ रहनुभएको छ । अहिलेसम्म माओवादी प्रवेश गर्ने पाँच सय बढीको नाम वाचन गरिसकिएको छ । प्रवेश गर्नेको लाम लागेको छ ।
पार्टी प्रवेश गर्नेको जनलहर नै चलेको देखिन्छ । कार्यक्रम स्थलमा हजारौंको उपस्थिति देखिन्छ । ७८९ जना भन्दा बढी व्यक्ति माओवादीमा प्रवेश गर्ने माओवादीको दाबी छ । २०३९ सालमा गौरीगञ्ज गाउँ पञ्चायतका प्रधानपञ्च हुनु भएकाे विश्वराज रिजाल, कांग्रेस नेता कमलेशकुमार राजवंशीसहितका व्यक्ति माओवादीमा प्रवेश गर्नुभएको छ ।
कार्यक्रममा पार्टीको प्रदेश कमिटी सदस्य चन्द्रमोहन राजवंशी, झापा संयोजक अग्नि आचार्यले वक्तव्य राख्नुभएको छ । नवप्रवेशीको तर्फबाट विश्वराज रिजाल र कमलेशकुमार राजवंशीले बोल्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच