हेटौंडा। मनहरी गाउँपालिका-५ बसन्तपुरमा मान्छे मार्ने र बाख्रा खाएर भागेको बाघलाई नियन्त्रणमा लिइएको छ । हिजो आइतबार बिहान मारेको बाख्रा खान फर्किएको बाघलाई डार्ट गरि बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।
पुस १४ गते साँझ बारीमा घाँस काटिरहेकी कान्छीमाया रुम्बालाई घर छेवैमा आक्रमण गरि मारेको बाघले भोलिपल्ट बिहान सोही ठाउँको अन्य ७ वटा बाख्रालाई खोरमै मारेको थियो । टाढैबाट बन्दुकमार्फत गोली हाने जसरी बाघ वा अन्य वन्यजन्तुलाई सुईमार्फत बेहोस बनाई डार्ट गर्ने गरिन्छ । बाघले मारेको बाख्रालाई बाघ फर्कनसक्ने सम्भावित क्षेत्रतिर राई डार्ट टोलीले निगरानी गरेको थियो ।
चितवन राष्ट्रिय निकुन्ज तथा पर्सा राष्ट्रिय निकुन्जका प्राविधिकहरु, नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गरी डार्ट गरेर नियन्त्रणमा लिने योजनाका साथ हिजो दिउँसोदेखि खटिएका थिए ।
सोही बमोजिम सोमबार साँझ बाघ आउने सम्भावित बाटोमा बाख्रा राखिएकोमा मंगलबार साँझ सोही बाटो भएर बाघ आएको थियो । बाख्रालाई घिसार्ने क्रममा डार्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डार्ट गरिएपछि शिकार राखिएको वरपर ४ वटा हात्ती प्रयोग गरेर बाघलाई नियन्त्रणमा लिइएको थियो । बेहोस् अवस्थाको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज कसरा लगिने जानकारी दिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच