साउदी अरब । अरेबियन कपको उपाधिका लागि ओमान र बहराइन खेल्ने भएका छन् । फाइनल खेल शनिबार हुनेछ । मंगलबार राती भएको खेलमा ओमानले साउदी अरेबियालाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । खेलको ३४औँ मिनेटमा ओमानका अल मन्धर रबिया सइद अल-अलावीले साउदीका सालेम अल्दावसारीमाथि फउल गरेपछि रातो कार्ड पाउनुभएको थियो । निर्णय विवादास्पद देखिए पनि ओमानले साउदीमाथि लगातार दबाब बनाएको थियो ।
खेलको ७४औँ मिनेटमा साउदीका मुसाब फहज अलजुवैरले ओमानका अहमद अल खमिसीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि ओमानले फ्रिकिकको मौका पाएको थियो । अर्सद अल-अलावीले शक्तिशाली फ्रिकिकमार्फत् गोल गर्दै ओमानलाई अग्रता दिलाउनुभयो । ८५औँ मिनेटमा ओमानले अर्को गोल गर्दै आफ्नो अग्रता दोब्बर बनाएको थियो । अब्दुल रहमान अल मुसाइफ्रिले दिएको पासलाई अली अल बुसैदीले सहजै गोलमा परिणत गर्नुभएको थियो । साउदी अरेबियाले ८७औँ मिनेटमा मोहम्मद कान्नोको शक्तिशाली प्रहारबाट गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाए पनि हार भने टरेन ।
यस्तै, अर्को सेमिफाइनलमा बहराइनले कुवेतलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बहराइनले ७५औँ मिनेटमा गोल गरेको थियो । बहराइनका मोहमद महरूनले एमिनी बेन्डिडको पासमा गोल गर्नुभएको थियो । सोही गोल नै निर्णायक बन्यो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच