धनगढी । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा जिवन राना नियुक्त हुनु भएको छ।
प्रदेश मन्त्रिपरिषद बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषद बैठकले सदस्यमा पनि नियुक्त गरिसकेको बताइएको छ । सदस्यमा डाक्टर हिरा चन्द र शेर बहादुर भण्डारी नियुक्त हुनु भएको छ ।
एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसंगै उक्त पद रिक्त थियो ।
को हुन् राना ?
कैलालीको धनगढी उपमहानगरपालिका–८ की रानाले विद्यावारिधि गर्नुभएको छ। उहाँले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नुभएको हो ।
उहाँले ‘सोसिओ कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पार्नुभएको थियो ।
नेपाली कांग्रेसको राजनीतिमा पनि क्रियाशील राना विभिन्न सामाजिक संस्थामा पनि आबद्ध हुनुहुन्छ। कांग्रेसकी केन्द्रीय सदस्य रहनुभएको राना बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग प्रमुख पनि हुनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच