
काठमाडौं । महाभारत गाउँपालिका-३ काभ्रेमा बुबा तीर्थमान र आमा ज्ञानीमाया घलानको कोखबाट जन्मिनुभएका कुन्साङ यतिबेला फेशन डिजाइनरको पहिचान बनाउनुभएको छ । विगत पाँच वर्षदेखि निरन्तर यो क्षेत्रमा उत्कृष्ट डिजाइन पस्किन सफल उहाँ सानैदेखिको केही फरक गर्ने रुचिका कारण यो क्षेत्रमा रहेको बताउनुहुन्छ । फेशन डिजाइन क्रियशनको कार्य रहेकाले आफ्ना हरेक प्रस्तुतिमा फरक ल्याउन सक्नुनै महत्वपूर्ण हुने बताउनुहुन्छ । सामाजिक कार्यमा समेत आफूलाई अग्रणी रूपमा प्रस्तुत गर्दै आउनुभएका उहाँ पछिल्लो समय नेपालीहरूको फेशनप्रति रुचि बढ्दै गएको सुनाउनुहुन्छ ।
फेशन डिजाइन कपडा, सामानमा डिजाइन र सौन्दर्य महसुस गर्ने कला भएको बताउनुहुने उहाँ फेशन डिजाइनहरू सांस्कृतिक र सामाजिक व्यवहारबाट प्रभावित हुने सुनाउनुहुन्छ ।
फेशन डिजाइनिङलाई नेपाली समाजमा आकर्षक पेशाका रूपमा लिन थालिएको उहाँको बुझाइ छ । ‘पछिल्लो समय नेपाली युवाहरू बढ्दो संख्यामा यस तानिएका छन् । फेशन भन्नासाथै सुन्दर र चिटिक्क देखिनेगरी लगाउने पोशाकलाई बुझिन्छ,’ उहाँ बताउनुहुन्छ, ‘शरीरलाई सुहाउने पहिरनमा सजिएर अरूलाई मोहित बनाउन जो पनि चाहन्छन् । फेशन डिजाइन भनेको शरीर सुहाउँदो पहिरन बनाउने कला हो । यद्यपि, यो पहिरनको डिजाइनमात्र होइन । यसभित्र ग्राफिक डिजाइनदेखि हेयर डिजाइनिङ, मेकअप, फोटोग्राफी, मोडलिङ, कोरियोग्राफी, र्याम्प वाकिङलगायत विषय छन् ।’
‘फेशन जति आधुनिक विषय जस्तो लाग्छ, त्यत्तिकै सांस्कृतिक र सामाजिक विषयवस्तुको प्रभावमा परेको हुन्छ । समय, स्थानले फेशनको टे«न्डलाई जोड्छ र मोड्छ’ उहाँ भन्नुहुन्छ, ‘पहिलो त यसलाई अभिभावक छाडा विषय मान्थे, अहिले त अभिभावक नै छोराछोरीले यसमा भविष्य खोजेकोमा गर्व मान्न थालेका छन् ।’ फेशन डिजाइनर बन्न चाहिने प्रमुख योग्यता भनेको उसको कल्पनाशक्ति र सिर्जनशीलता नै रहेको कुन्साङ बताउनुहुन्छ । पेशाप्रति रुचि आवश्यकता रहेको उहाँको बुझाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच