काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पिजे क्लबसँगको सहकार्यमा बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पिजे क्लबबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र इप्पान अध्यक्ष गणेश कार्की र पिजे क्लबका अध्यक्ष द्वारिकाप्रसाद काफ्लेले आदानप्रदान गर्नुभएको छ ।
इप्पान स्थापनाको २५ वर्ष पुगेका अवसरमा इप्पानमा आबद्ध ऊर्जा उत्पादक कम्पनीहरूले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान कार्कीले जानकारी दिनुभयो । इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुर्ई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पिजे क्लबका अध्यक्ष काफ्लेले बताउनुभएको छ । जसअनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीले पठाएको फोटो पिजे क्लब र इप्पानका प्रतिनिधिसहितको स्वतन्त्र निर्णायकमण्डलले छनोट गरी प्रदर्शनीमा राखिनेछ ।
त्यसमा आउने तस्बिरबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिनेछ । अर्कोतर्फ पिजे क्लबकै अगुवाइमा इप्पानमा आबद्ध सदस्य कम्पनीहरूले प्रवद्र्धन गरेका आयोजनाको तस्बिर संकलन गरेर प्रदर्शनीमा राखिनेछ । पिजे क्लबले संकलन गरेका तस्बिरहरू प्रदर्शनीमा राखिए पनि प्रतियोगितामा समावेश हुन पाउने छैनन् । ती तस्बिर इप्पानको सम्पत्तिमात्रै हुनेछन् ।
सो अवसरमा इप्पानका कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पिजे क्लबका महासचिव अमुल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा भाग लिन पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरू पठाइसक्नुपर्नेछ । रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशिको छोटो भिडियो÷वृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिने जनाउँदै सहभागिताका लागि इप्पानले आग्रह गरेको छ । त्यसका लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच