काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको बताउनु भएको छ।
शुक्रबार पेरिसडाँडामा भएको स्थायी समिति बैठकपछि बोल्दै माओवादी उपाध्यक्षसमेत रहनुभएका सापकोटाले संसद अधिवेशन बोलाउन सरकारले ढिलाइ गरेको बताउनु भयो ।
‘सरकारको नियत राम्रो देखिएको छैन, सदन छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ। त्यो अध्यादेश पनि केका लागि भन्दा पार्टीहरूलाई विभाजन गर्नका लागि। यो सरकारको गतिविधि हेर्दा लोकतन्त्रमाथि निकै ठूलो समस्या पैदा हुँदैछ,’ उहाँले भन्नुभयो,
बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रुपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। उहाँहरुले समसामायीक परिस्थीति, पार्टी रुपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनाका बारेमा धारणा राखेको उहाँले बताउनु भयो। समाजवादी विचारधाराको विकासका लागि, सबै पालिकाहरुमा समाजवादका आधारशीला खडा गर्ने गरि तयारी गर्नुपर्नेमा नेताहरुको जोड गरेको सापकोटाले जानकारी दिनुभयो।
स्थायी कमिटी बैठक शनिबार पनि बस्ने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो।
पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच