काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नेपालको हरेक ठाउँहरु पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताउनु भयो । उहाँले पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने निकायहरु प्राथमिकिकरणको विषयमा अल्झिरहेकाले योजनाहरु समयमै सम्पन्न गर्न नसकिएको बताउनु भयो ।
उहाँले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै तीनै तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले देशभरका होटलहरुको स्तरअनुसारको मापदण्ड बनाउनका लागि मन्त्रालयले कार्यदल गठन गरेको समेत बताउनु भयो । उहाँले स्तरअनुसारका होटल मादण्डअनुसार नचल्दा समस्या भएको भन्दै यस्तो निर्णय लिएको बताउनु भयो । उहाँले देशभर निर्माण हुने पदमार्गको मादण्ड बनाउन मन्त्रालय गृहकार्यमा जुटेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पर्यटन बोर्ड अथवा पर्यटन विभागतिर पर्यटन गन्तव्य बनाइदिन भन्दै धेरै प्रश्तावहरु आउने गरेका छन् । नेपालको कुन त्यस्तो टकुरा छैन रु कुन त्यस्तो भुगोल छैन रु जैविक विविधतादेखि लिएर विभिन्न कारणले पर्यटन गन्तव्य बनाउनुपर्ने ठाउँहरु छन् । त्यसलाई प्राथमिकिकरण कसरी गर्ने रु प्राथमिकताहरुको प्राथमिकिकरण कसरी गर्ने भन्नेमा हामी सबैको ध्यान जानुपर्छ । हामी सबै यसमा त्यो हुन्न भन्दा पनि कसरी गर्न सकिन्छ भनेर काम गर्न जरुरी देख्छु मैले । हामी सबै अहिले यही विषयमा अल्झिरहेको जस्तो देखिन्छ । प्राथमिकिकरणका हिसावले अगाडि बढाउँछ भन्ने मलाई विश्वास छ । हामीले मन्त्रालय विषेश समितिलाई सक्रिय गराएर निजी क्षेत्र, पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायहरुलाई समन्वय प्रबन्ध मिलाउनुपर्नेछ । अर्को तीन तहको सरकारको प्रवन्ध पनि मिलाउनुपर्नेछ । मेचीदेखि महाकालीसम्म खोलिन होटल र होटलको मापदण्ड एउटै भएन भनेदेखि अपm्ठ्यारोपर्छ भनेर त्यसमा स्थानीय तह र प्रदेश तह समेत संलग्न भएको विषय समितिलाई सक्रिय बनाएर त्यसको मापदण्ड गर्ने एउटा कार्यदल बनाएका छौं । मापदण्ड तयारी हुँदैछ । पदमार्गहरुको पनि एउटै खालको मापदण्ड चाहिने रहेछ । एक प्रकारको मापदण्ड अनुसार बनाउन सकेनौ भने पैदलयात्रीको दुर्घटनाको कारण बन्न सक्दो रहेछ । यसको पनि मादण्ड बनाउने गरिहामी हामेवर्क गरिरहेका छौं । यी विषयहरुमा हामी हरेक ठाउँमा अगाडि राखेका छौं ।’
उहाँले पर्यटन प्रवद्र्धन गर्नको लागि सरोकारवाला सबै निकायहरुले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच