चितवन । दाउन्ने एग्रो फार्म लिमिटेडले १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनी स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले १० करोड रुपैयाँको सेयर जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता-त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका-३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको एग्रो फार्ममा हाल चार लाख कुखुरा रहेका छन् ।
कम्पनीले निकट भविष्यमै छ लाख कुखुरा पुर्याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो । कुखुरापालन क्षेत्रमा सेयर जारी गर्ने एग्रो फार्म पहिलो भएको कम्पनीको दाबी छ । साथै कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
सञ्चालक सदस्यहरूमा विनोद पोखरेल, विपिन पोखरेल, हेमराज बडाल र हिमालय पौडेल रहनुभएको प्रबन्ध सञ्चालक विनोद पोखरेलले दिनुभयो । कम्पनीका अनुसार २०७४ मा स्थापना भएको कम्पनीमा सुरुवातमा एक लाख कुखुरापालन गरिएकोमा हाल दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ ।
उत्पादित अण्डामध्ये केहीलाई ‘दाउन्ने हृयाप्पी एग’को ब्राण्डमा ब्राण्डिङ गरी १५ वटा र ३० वटाका दरले क्रेट बनाएर बजारमा पठाउने गरिएको छ । दाउन्नेको फार्ममा जर्मन र मलेसियाबाट आयात गरिएका स्वचालित एवं अत्याधुनिक उपकरण जडान गरिएकाले अत्याधुनिक तरिकाबाट कुखुरापालन गरिएकाले अण्डा तथा मासुको उत्पादन राम्रो रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच