रास्वपा उपसभापति अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ  गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

गत १९ असारमा मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको कालिकोटेमाथि आरोप लगाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?