‘अंगालोभरि अनुभूति’ विमोचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कवि वसन्त श्रेष्ठको संस्मरणहरूको संगालो ‘अंगालोभरि अनुभूति’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तकको विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले उक्त कृतिको विमोचन गर्दै कृतिकार वसन्तको काव्यकारिताको चर्चा गर्नुभयो । उहाँले वसन्तको संस्मरण लेखनी पनि इमानदार लेखनी रहेको बताउनुभयो । उहाँले हरेक लेखक आफ्नो लेखनीमा इमानदार हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’ले वसन्त लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आए पनि साहित्यमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

कवि श्रेष्ठका चार कवितासंग्रह प्रकाशित भइसकेको छ । उहाँको पहिलो गद्य कृति हो । प्रकाशक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वसन्त श्रेष्ठ, मणि लोहनीले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?