सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१०, इनारटोलका ३९ वर्षीय इँटा व्यवसायी हरिप्रसाद प्रसाईको हत्या भएको छ।
प्रसाई यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९, मूर्तियाबाट पैसा लिएर आउने भन्दै घरबाट निस्किएका थिए। तर, उनी घर नफर्केपछि परिवार, गाउँले, र प्रहरीले खोजी थालेका थिए।
आज बिहान ११ बजेतिर हरिवन नगरपालिका–१० स्थित उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सरकारी वकिल, र चिकित्सकको टोलीले घटनास्थलको निरीक्षण गर्नुभएको छ ।
प्रहरीले प्रसाई्रको हत्यामा संलग्न भएको आशङ्कामा एक स्थानीय युवकलाई नियन्त्रणमा लिएको छ। उनले हत्या स्वीकार गरेको सर्लाहीका एक सुरक्षा अधिकारीले जनाएका छन्। ती युवकको नाम शान्ति सुरक्षामा खलल नपुगोस् भन्दै गोप्य राखिएको छ।
मृतक प्रसाईको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच