काठमाडौं । हिमालयन कलेज अफ एग्रिकल्चरल साईसेन्ज एण्ड टेक्नोलोजीको २४औं साधारणसभा सम्पन्न भएको छ ।
कृषि र पशु विज्ञान अध्यापन गराउँदै आएको हिकास्ट साधारणसभालाई शनिबार सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक दोजराज खनालले देशलाई अत्यावश्यक जनशक्ति उत्पादनमा हिकास्टको भूमिकाको प्रशंसा गर्नुभयो ।
निर्देशक खनालले भन्नुभयो, ‘हिकास्टले देशका लागि समयसापेक्ष जनशक्ति उत्पादन गरेर देशका लागि जुन भूमिका निर्वाह गरेको छ । त्यो जनशक्ति उपयोगमा नार्कले सधै सहकार्य गरेर काम गर्न तयार छ ।’
यस्तै कार्यक्रमका विशेष अतिथि पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न आवश्यक जनशक्ति हिकास्टले उत्पादन गरेको बताउँदै थप जनशक्ति उत्पादनमा निरन्तर लाग्न आग्रहसमेत गर्नुभयो ।
उहाँले नेपालको पशु चिकित्सा र कृषिमा हिकास्टले अतुलनीय योगदान पुर्याएको धारणा राख्नुभयो ।
यस्तै कार्यक्रमका विशेष अतिथि भेटेनरी काउन्सिलका अध्यक्ष ब्रज किशोरप्रताप शाहले हिकास्टले २५ वर्षको अवधिमा गरेको काम सह्रानीय रहेको बताउनु भयो। उहाँले भेटनरी काउन्सिलको मापदण्ड सहजीकरण गर्नुपर्ने आवश्यक रहेको बताउँदै यसका लागि सहकार्य गर्नेसमेत विश्वास दिलाउनु भयो ।
यस्तै संस्थाका अध्यक्ष विनायक प्रसाद राजभण्डारीले हिकास्टले राज्यका लागि पुर्याइरहेको योगदानको राज्यका तर्फबाट उपयुक्त कदर हुन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो । ‘हिकास्टले राज्यका लागि आवश्यक जनशक्ति उत्पादनमा जसरी काम गरिररहेको छ । राज्यले सोअनुरुप आवश्यक भूमिका निर्वाह गर्न नसकेको हामीले महसुस गरेका छौं,’ राजभण्डारीले भन्नुभयो ।
हिकास्टको साधारणसभाले संस्थापक अध्यक्ष राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।
साधारणसभामा निर्वाचन समितिको तर्फबाट डा. नन्दबहादुर श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराउनु भएको थियो । यस्तै साधारणसभाले हिकास्टका सेयरधनीका लागि पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।
कार्यक्रममा कृषि तथा पशु चिकित्सा क्षेत्रमा २० वर्षदेखि निरन्तर अध्यापन गराउने प्राध्यापक डाक्टरहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम कम्पनीका कानूनी प्रतिनिधि सन्तोष भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच