अर्घाखाँची । पाणिनी गाउँपालिकाले संविधान प्रदत्त अधिकारको प्रभावकारी प्रयोग गर्दै विकास निर्माण, सुशासन र सेवा प्रवाहमा उदाहरणीय अभ्यास गरिरहेको छ ।
नागरिकका दैनिक सेवाप्रवाहदेखि विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा समर्पित यो स्थानीय तहले विद्युतीय हाजिरी प्रणाली, सार्वजनिक खरिदमा पारदर्शिता र सामाजिक सुरक्षा भत्ताको बैंकिङ प्रणालीमार्फत वितरणजस्ता नविनतम कार्यहरू लागू गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सनको व्यवस्था, कृषिमा अनुदान वितरण र लक्षित वर्गका आय आर्जन कार्यक्रमले स्थानीय जीवनस्तर उकास्ने प्रयासलाई थप गति दिएको छ ।
गाउँपालिकाले ठूला पूर्वाधार विकासका परियोजनाहरू ठेक्का प्रक्रियाबाट अघि बढाएको छ भने साना योजनाहरूमा उपभोक्ताको सक्रियता सुनिश्चित गरिरहेको छ । वडा नं. २ मा उपभोक्ताहरूको ३० प्रतिशत लागत सहभागितामा १५ लाखभन्दा बढीको सडक विस्तार भएको तथ्य स्थानीयको उत्साहजनक सहभागिताको उदाहरण हो । साथै, पर्यटन, कृषि र प्राकृतिक स्रोत संरक्षणमा केन्द्रित नीति र योजनाहरूले स्थानीय अर्थतन्त्रमा दीर्घकालीन योगदान गर्ने अपेक्षा गरिएको छ ।
जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले गाउँपालिकालाई संस्थागत रूपमा सुदृढ बनाएको छ । यद्यपि, कतिपय व्यक्तिगत स्वार्थका मामिलामा असहमति देखिए पनि समग्रमा जनताका माग अनुसार योजनाहरू कार्यान्वयन गर्न यी दुवै पक्ष एकजुट छन् ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १ करोड ३२ लाख २० हजार आन्तरिक आम्दानीको लक्ष्य लिएको छ, जसमा हालसम्म ३६ प्रतिशत उठिसकेको छ । ढुंगा, गिट्टी र बालुवाको व्यवस्थित दोहन र कर प्रणालीलाई सुदृढ बनाएर आन्तरिक स्रोत बलियो बनाउने योजना कार्यान्वयन भइरहेको छ ।
यसबीच, सामाजिक सञ्जालमा उठाइएका केही प्रश्नलाई गाउँपालिकाले झुटो र भ्रमपूर्ण बताएकाे छ । सीमित स्रोत र जनशक्तिका बाबजुद जनताको सेवामा समर्पित पाणिनी गाउँपालिकाले सकारात्मक सुझावका लागि सबै पक्षलाई आग्रह गरेको छ ।
पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राेमनाथ न्याैपानेले न केवल प्रक्रियागत सुधारमा ध्यान दिनु भएकाे छ बरु जनताको समस्यामा शीघ्र समाधानका लागि सदैव सक्रिय रहनुभएकाे छ । कुनै पनि कार्यको सफलता त्यसको परिणाममा रहेकाेले आफ्नो प्रयासलाई निरन्तर सुधार्दै, परिणाममुखी बनाउने उहाँकाे विश्वास छ ।
गाउँपालिकाले विकास, सेवा र सुशासनमा गरेका यी अग्रगामी प्रयासहरूले पाणिनीलाई मात्र नभई अन्य स्थानीय तहलाई पनि प्रेरित गर्न सक्ने बलियो उदाहरण प्रस्तुत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच