मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । खेलमा हिंसात्मक आचरण देखाएको भन्दै स्पेनिस एफएले भिनिसियसमाथि दुई खेलको प्रतिबन्ध लगाएको हो । शुक्रबार भ्यालेन्सियामा भएको ला लिगा खेलका दौरान भ्यालेन्सियाविरुद्ध नै हिंसात्मक आचरण देखाएको ठहर गरेको हो ।
सो खेल रियलले २-१ ले जितको थियो । ७९औँ मिनेटमा रियल १-० ले पछि परेको अवस्थामा भिनिसियसले भ्यालेन्सियाका गोलकिपर स्टोले दिमित्रीभस्कीलाई थप्पड हान्नुभएको थियो । भ्यालेन्सियाको अपिलपछि स्पेनिस एफएले ब्राजिलियन स्ट्राइकरलाई दुई लिग खेलहरूका लागि निलम्बन गरेको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच