बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इण्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप-२०८१ को फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । बुधबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै फाइनलमा पुलिससँग भेट पक्का गरेको हो ।
आर्मीले सेमिफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई २५-१८, २५-१३ र २५-१९ को सोझो सेटमा पराजित गर्यो । पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात प्रदेश भलिबल एसोसिएसनलाई हराउँदै फाइनलमा पुगेको थियो । पुलिसले २५-२७, २५-१४, २५-२१ र २७-२५ को जित निकालेको थियो । प्रतियोगिताको विजेताले ७ लाख, दोस्रो टोलीले तीन लाख ५० हजार, तेस्रोले एक लाख ७५ हजार र चौथो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच