काठमाडौं । एन्फा यू-१६ युथ लिगमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १०-० को सानदार जित दर्ता गरेको छ । जितसँगै थ्री स्टारले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित आर्मी अंकविहीन छ । पहिलो खेलमा थ्री स्टार एपिएफसँग गोलरिहत बराबरीमा रोकिँदा आर्मीले नेपाल पुलिस क्लबसँग ७-० को हार बेहोरेको थियो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ र रोहन बम्जनले हृयाट्रिक गर्नुभयो । यसैगरी पूर्ण श्रेष्ठले दुई तथा भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले समान एक गोल थप्नुभयो । खेलको १०औँ मिनेटमा भुपेन्द्रको गोलमार्फत् थ्री स्टारले अग्रता लिएको थियो ।
२३औँ मिनेटमा जोंगसेनले पेनाल्टीमार्फत् टोलीको अग्रता दोब्बर बनाउनुभयो । पूर्णले ४४औँ र ६६औँ मिनेटमा गोल गर्दा थ्री स्टार ४–० ले अगाडि बढ्यो । रोहनले ७०औँ र ७५औँ मिनेटमा गोल थप्दा थ्री स्टारको अग्रता ६-० मा पुग्यो । सिर्जनले ७८औँ मिनेटमा टोलीका लागि सातौँ गोल गर्नुभयो । आठ मिनेटपछि रोहनले हृयाट्रिक पूरा गर्दै थ्री स्टारलाई १०-० को फराकिलो अग्रता दिलाउनुभयो ।
एपिएफसँग सातदोबाटो पराजित
बुधबार नै सम्पन्न खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ । पहिलो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकविहीन छ । पहिलो खेलमा एपिएफ थ्री स्टार क्लबसँग गोलरहित बराबरीमा रोकिँदा सातदोबाटोले फ्रेण्ड्स क्लबसँग २-० को हार बेहोरेको थियो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले गोल गर्नुभयो । सातदोबाटोका लागि उपहारस्वरूप एक गोल आत्मघाती प्राप्त भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच