जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका भित्रका आठ वटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । विज्ञान प्रयोगशाला संञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन निकै सहज भएको पाण्डवगुफा माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे, 'विज्ञान प्रयोगशालाबाट विद्यार्थीलाई सिकाइ उपलब्धिमा सहयोग मिलेको छ । पहिले विद्यालयमा विज्ञानको सैद्धान्तिक कक्षामात्र लिइरहेका विद्यार्थीहरु अहिले प्रयोगशालामा व्यवहारिक कक्षासमेत लिइरहेका छन् । यो हरेक विद्यालय र विद्यार्थीका लागि सुखद् कार्य हो ।'

विज्ञान विषय लिएर उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि सुनौलो अवसरसमेत भएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यकाे भनाइ छ । 'अब कुनै पनि विद्यार्थी विज्ञान विषयको व्यवहारिक कक्षा लिन पाइएन भन्दै गुनासो गर्न पाइनेछैन । प्रयोगशालाले विज्ञान विषयको अध्ययन र अध्यापनलाई सहज बनाएको छ । विज्ञान विषयमा विद्यार्थीको पहुँच बढाएको छ', उहाँले भन्नुभयाे ।

साधन र स्रोतयुक्त विद्यालय निर्माणमा पालिका लागि परेको गाउँपालिकाका अध्यक्ष आचार्यकाेले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरिएकाे कनकासुन्दरी गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?