
काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार दोहोरो अंकले घटेर बन्द भएको छ । बुधबार र बिहीबार बढेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार भने १८.१४ अंकले घटेर २६३५.०९ अंकमा बन्द भएको हो । सूचकमा गिरावट आए पनि बिहीबारको बजारमा लगानीकर्ताले यो हप्तायताकै सर्वाधिक धेरै कारोबार गरेका छन् । यो दिन लगानीकर्ताले सात अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका हुन् । सूचक घटे पनि कारोबारमा लगानीकर्ता हौसिएका हुन् ।
नेप्से सूचक घटेपछि राताम्मे भएको बजारमा होटल तथा पर्यटन समूहबाहेकका सबै उपसमूहको सूचक घटेका छन् । होटल तथा पर्यटन समूहको भने ०.९९ प्रतिशतले सूचक बढेको हो ।
कम्पनीगतरूपमा भने बिहीबार कारोबारमा आएका ३०८ प्रकारका धितोपत्रमध्ये ५५ वटा धितोपत्रको सेयरमूल्य बढेको छ भने १८० वटाको मूल्य घटेको छ । जसमा बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको मूल्यमा १० प्रतिशतको वृद्धि देखिँदा रिभरफल्स, न्यादी हाइड्रो धेरै कमाउनेको तेस्रो र चौथो स्थानमा छन् ।
घट्नेमा बिहीबार सप्तकोशी डेभलपमेन्ट बैंक अगाडि थियो । यो कम्पनीको मूल्य ९.२३ प्रतिशतले घटेको हो । यसबाहेक बिहीबार माया खोला, सामुदायिक लघुवित्त, जानकी र पोखरा फाइनान्स अगाडि देखिएका थिए ।
नेपाल राष्ट्र बैंकले चारवटा विकास बैंक र दुई फाइनान्स कम्पनीको तरलता अवस्थाबारे निगरानी बढाएको समाचार बाहिरिएपछि त्यसको प्रभाव तीन विकास बैंक र दुई फाइनान्स कम्पनीहरूको सेयर मूल्यमा पर्यो ।
बैंकले अनुसन्धान गरिरहेको सप्तकोशी डेभलपमेन्ट बैंकको बिहीबार सेयरमूल्य ९.२३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५.४६ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशतले सेयरमूल्य घटेको थियो । यस्तै, पोखरा फाइनान्स र जानकी फाइनान्सको मूल्य पनि क्रमशः ५.६० प्रतिशत र ६.०५ प्रतिशतले घटेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच