सर्लाही । सर्लाहीको इश्वरपुरमा आज देशभर दशौं राष्ट्रिय योग दिवस मनाइएको छ । यस अवसरमा योग शिविर तथा बयलवास बजारमा प्रभात फेरि संपन्न गरिएको छ । बिहानको समय बयलवास बजारको सडकमा योगप्रेमीहरूको र्याली देखियो ।
आयोजकले स्वास्थ्य र मानसिक शान्तिका लागि योगको महत्वलाई जोड दिएका छन् । कार्यक्रममा सहभागीहरूले योगको अभ्यास गर्दै र्यालीमा भाग लिएका थिए ।
मौसम धुम्मिएको भए पनि सहभागीहरूको उत्साहमा कुनै कमी देखिएन । यो दिवसले जनस्वास्थ्यमा सकारात्मक सन्देश पुर्याउने विश्वास आयोजकको छ ।
योग दिवसको अवसरमा विभिन्न वक्ताहरूले स्वास्थ्य, ध्यान र जीवनशैलीमा योगको योगदानमाथि प्रकाश पारे । सहभागीहरूले नियमित योग अभ्यासको प्रतिज्ञा पनि गरे ।
कार्यक्रमलाई सफल बनाउन स्थानीय प्रशासन, स्वास्थ्य संस्थान र सामाजिक संस्थाहरूको सहकार्य रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच